Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो।

तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार