Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने


प्रमुख विपक्षी नेकपा एमाले सर्वदलिय बैठकमा सहभागी नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको सर्वदलीय बैठकमा एमालेले सहभागी नहुने भएको हो।आफ्नो पार्टीले कारबाही गरेका व्यक्तिहरूले दर्ता गरेको दल नेकपा (एकीकृत समाजवादी) अवैध रहेको र उक्त दल सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताए।

नेम्वाङले प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार गरेको तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई वैधानिकता दिनेगरी कुनै बैठकमा सहभागी नहुने स्पस्ट पारे।

एमालेले यसअघि पनि सर्वदलीय बैठक बहिष्कार गरेको थियो। एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद्‍लाई सभामुखले कारबाही नगरेको भन्दै सो पार्टीले निरन्तर संसद्‍ अवरुद्ध पार्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार