Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

दीपक मनांगे मन्त्री बन्न किन नहुने ? : पुरुषोत्तम लम्साल


राजीव गुरुंग उर्फ दीपक मनांगे मात्र नेपालको राजनीतिमा आपराधिक पृष्ठभूमि भएका ब्यक्ति हुन् ? फौजदारी अभियोग लागेका ती मात्र एकजना मन्त्री हुन् ? अरु चैं सबै कामधेनु गाइको दुधले नुहाएका छन् ? कि अरुको अपराध चैं कालीगण्डकीको जल छर्केपछि पुण्य हुन्छ ? बाँकि सप्पै साधु ??? शालिग्राम ??? हिजो तिनलाई उमेदवार बनाउने, जिताउने को हो ?
घैंटे मारिंदा बर्बराएको कांग्रेस र चरी मारिदा कोकोहोलो गर्ने एमालेले दीपक मनांगे देखेर रुञ्चे सिंगान चुहाउने ? छ्या। बाघेको दानापानी खाने र अफताव आलमको जय नेपाल गाउनेले मनांगेमाथि प्रश्न उठाउने ? ..छ्या।
मिर्जा दिलसाद बेगका कार्यकर्तादेखि गौर नरसंहारको खरानीबाट उठेकाहरुले मनांगे देखाएर लोकतन्त्र अलाप्ने? यो त घीन कुरा भो।
मुला साग हो ! रेशम चौधरीको अपराधको राजनीतिकरण र मनांगेको राजनीतिको आपराधीकरण किन गर्ने? जरा पत्रु भएपछि हाँगा हल्लाएर खोया झर्छ ?
लालबहादुर चौधरीलाई काँध बोक्नेहरुले मनांगेलाई कसरी अपराधी देख्छन् हँ ? प्रहरीको अभिलेखमा ‘ठेगाना हराएका’ आरोपी छन् कि छैनन् हो माउवादी ठेट्ना हो तिम्रा पार्टीमा ? ऊबेला खुमबहादुर खड्काले खरिद गरेका सबै सांसद मरिसकेका छन् र नेपाली कांग्रेसमा? बाँचेका भए ती चैं साधु ?
राजनीतिक बिसंगतिका र बिसंगत राजनीतिका ‘नायक’ दीपक मनांगे… जिन्दाबाद
( पुरुषोत्तम लम्सालको फेसबुकबाट साभार )


प्रतिक्रिया दिनुहोस !
विचार