Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमालेले संसद् अवरुद्ध गर्नु सर्वोच्चको फैसला विपरीत: माधव नेपाल


पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविपरीत संसद् अवरुद्ध पारेको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको दावी समेत गरे।

उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई चुनौती दिने काम गरेको दाबी समेत गरे।नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्‍याए। उनले भने, ‘जुन व्यक्तिले विधि विधान मान्दैन। अदालतमा विचाराधीन मुद्दामाथि बहस गर्न पाइँदैन। संसद्‌मा छलफल गर्न पाइँदैन। उही ठूल्ठूलो स्वरले चिच्याइरहेको सुनिन्छ।’

उनले पार्टीको निर्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा आफूले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको दाबी गरे। त्यसपछि अदालतले नयाँ सरकार गठन प्रक्रियामा सहभागी भयो भन्दैमा ह्वीप उल्लंघन नहुने निर्णय सुनाएको बताए।अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दावी गर्दै यसबाट विरोधी छटपटिएको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार