Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

शिक्षा सीमित वर्गको पहुँचमा मात्रै पुग्नु हुँदैनः प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र पुग्न नहुने बताएका छन् । त्रिभूवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको उल्लेख गरे ।

‘शिक्षा सबैका लागि हुनुपर्छ । आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ,’ उनले भने, ‘सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ ।’

प्रधानमन्त्रीले दीक्षित विद्यार्थीहरुलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न प्रेरित गरे । उनले दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गरे । समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललगायत लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार