Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

महिला खुला केन्द्रीय सदस्य अपडेटः डिलाको अग्रता कायमै, कस्को कति मत ?


नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म ३७५० मत गणना भइसकेको जानकारी दिइएको छ।

हालसम्म डिला संग्रौला २३४६ मतका साथ अग्रस्थानमा छिन्। यस्तै, पुष्पा भुसालले २२२३, आरजु राणा देउवाले २०८३ मत प्राप्त गरेकी छन्।

यता, अम्बिका बस्नेतले १८८९, ईश्वरी न्यौपानेले १८२६, सरिता प्रसाईंले १६७४, रमा कोइराला पौडेलले १५३९, सुशिला ढकाल आचर्याले १४७६, रङ्गमती शाहीले १४७६, अनिता देवकोटाले १३८७ र जमुना ढकालले १२५३ मत प्राप्त गरेकी छन्।

सरिता र अनिता डा शेखर कोइराला पक्षका हुन् भने बाँकी सभापति देउवा पक्षका हुन्। कांग्रेस विधान अनुसार खुला महिलातर्फ केन्द्रीय सदस्यमा ९ जना चुनिनेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार