Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेस केन्द्रीय सदस्य खुला महिलातर्फ ९ जना निर्वाचित, कस्ले कति मत ल्यायो ?


नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले निर्वाचित हुनेमा डा. डिला पन्तले सर्वाधिक मत ल्याएकी छिन् ।

संग्रौलाले २८ सय २५, पुष्पा भुसालले २७ सय १८ र डा. आरजु राणा देउवाले २५ सय ३५ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी अम्बिका बस्नेतले २३ सय ३९, ईश्वरी न्यौपानेले २२ सय ५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइरलाले १८ सय ५८, सुशीला ढकालले १८ सय १४ र रंगमती शाहीले १७ सय ८९ मत प्राप्त गरेको उनले बताए ।

अहिले मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना भइरहेको छ । आजै खस आय, आदिवासी जनजातीको मतगणना हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार