Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सभामुखले बोलाए कार्यव्यवस्था समितिकाे बैठक, प्रतिनिधि सभा बैठक पनि आजै बस्दै


Speaker of the House of Representatives Agni Prasad Sapkota beginning the House of Representatives meeting in Kathmandu, Nepal on Saturday, February 15, 2020. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्ने भएको छ । नयाँ घटनाक्रम विकास नभएकाले एमाले पूर्ववत रुपमा अगाडि बढ्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यता सभामुख अग्निप्रसाद सापकोटाले आजै कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्। संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ।

बैठक आज बिहान ११ः३० बजे संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने छ। एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेकाबेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार