Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमसीसी देशघाती सम्झौता हो, यो खारेज हुनुपर्छः प्रेम सुवाल


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद सूचारु गराएको भन्दै आपत्ति जनाएका छन् ।मंगलबार एमालेका अवरोधकाबीच सभामुख अग्नीप्रसाद सापकोटाले संसदको कार्यसूचि अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन् ।

त्यस अवसरमा उनले संसद अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौंता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भिर ध्यानाकर्षण गराए । उनले सो सम्झौंता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गरे ।

बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गर्दै संसदको वेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरिरहेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार