Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त पक्राउ


ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गए राती स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो । उनहरू अहिले सीआईबीको नियन्त्रणमा छन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको छ ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनीहरू फरार भएका थिए। ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय ७५ जना विरुद्द मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार