Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । आज यान्छीले ओली निवास बालकोट पुगेर भेटवार्ता गरेकी हुन् ।नेकपा एमालेको अध्यक्षमा दोस्रो पटक कार्यभार सम्हालेका ओलीसँग यान्छीले शिष्टाचार भेट गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

हाल अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विषयमा चर्चा चलिरहँदा यान्छीले ओलीलाई भेट्नुलाई अर्थपूर्ण लिइएको छ ।चीनले एमसीसी नेपालमा लागू हुन नहुने धारणा राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार