नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँसमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ।
त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ।





