C
नेकपा (माओवादी केन्द्र)बाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज स्वागत गर्ने कार्यक्रम छ।
अध्यक्ष मियाँसहितको टोलीलाई पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्नका लागि अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल आज पर्सा जाँदै छन्। माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको एमाले पर्सा जिल्ला कमिटीले जनाएको छ।
पछिल्लो समय एमाले अध्यक्ष ओली निर्वाचनमुखि कार्यक्रममा व्यस्थ हुन थालेका छन् । एमालेले आफ्नो उपस्थिति कमजोर रहेको तराईका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरिरहेको छ ।





