Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमसीसीकै कारण गठबन्धन टुट्दैन: प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सहमति हस्ताक्षर गर्दा संसद्‌बाट पास गराउनुपर्ने नभएको बताएका छन्।राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले भने, ‘हामी विदेशी सहायता र अनुदान अस्वीकार गर्ने ठाउँमा छैनौँ। लिँदै आएका छौँ।

एमसीसीको विषयमा केही प्रश्न गम्भीर ढंगले उठे। सुरुको सहमतिमा संसद्‌बाट पास गराउनुपर्ने थिएन। यो बिचमा कहाँबाट किन आयो भन्ने थाहा छैन। त्यहाँबाट यसको विवाद सुरु भयो। पहिला विवाद थिएन।’

अमेरिकाको आफ्नो विश्वव्यापी अंगको रूपमा रहेमा भन्ने कुरा आएकाले नयाँ ढंगको विवाद आएको प्रचण्डले बताए।एमसीसीको विषयमा राष्ट्रिय सहमति बनाएर मात्रै अगाडि बढ्नुपर्ने उनको भनाइ छ। संशोधन गरेर अप्ठेरो पर्ने खालका बुँदाहरू परिमार्जन गर्नुपर्ने उनले बताए।एमसिसी विवादकै कारणले गठबन्धनमा कुनै समस्या नआउने समेत प्रष्ट पारे।


प्रतिक्रिया दिनुहोस !
विचार