नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमै झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। उनले भने, ‘अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो।’प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ।








