राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते ४ बजेका लागि संघीय संसदका दुबै सदनको बैठक बोलाएकी छिन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधी सभा र राष्ट्रियसभाको बैठक बोलाएकी हुन् ।
यसअघि सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाउँदै ३ गतेभित्र बैठक बोलाउन भनेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको जेठ ७ गते प्रतिनिधीसभा विघटन गरेकी थिइन् भने ओली सरकारको सिफारिसमा यसै साता मात्रै राष्ट्रियसभाको अधिवेशन पनि अन्त्य गरेकी थिइन् ।