Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

ओलीको हालत के हुन्छ आउने निर्वाचनले देखाउने छः प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसको हालत के हुन्छ भन्ने आउने निर्वाचनमा देखिने बताएका छन् ।नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए ।

त्यसपछि आफूले संसदमा बोल्दा आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेर चेतावनी दिएको स्मरण गर्दै प्रचण्डले भनेका छन्, ‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो, छ वटै प्रदेशमा मुख्यमन्त्री चट भयो ।’‘अवसरवादीहरू अहिले पार्टी प्रवेशका नाममा गाउँगाउँमा सिला खोज्दै हिँडेका छन्’, प्रचण्डले भने, ‘म अहिले धेरै त भन्दिनँ, सुनारको सय चोट लोहारको एकै चोट। आज हामीले लोहारको चोट हान्यौँ।’

अहिले ओलीले धाक-धम्की लगाउँदै हिँड्ने गरेको भन्दै प्रचण्डले आगामी चुनावले हैसियत देखाइदिने बताए। ‘त्यो धाक-धम्की मात्रै हो’ उनले थपे, ‘आउने निर्वाचनमा कसको हालत के हुन्छ भन्ने नेपाली जनताले देखाउनेछन्। उनले जनताको घरदैलोमा पुग्न र संगठन विस्तारमा जुट्न कार्यकर्तालाई आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !
विचार