Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

देउवाले आज कांग्रेस सभापतिमा पदभार ग्रहण गर्दै, केन्द्रीय समितिको पहिलो बैठक पनि आजै


नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्ने भएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्दैछ ।

केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले कांग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको जानकारी दिए ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्यका लागि गएको मंसिर २७ गते चुनाव भएको थियो । १४औँ महाधिवेशबाट आएको कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आज एक बजे बस्दैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार