नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ। कांग्रेस पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा शीर्ष तहका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्ने प्रस्ताव पेस हुने जनाइएको छ। सभापति शेरबहादुर देउवाले महाधिवेशनपछिको पहिलो बैठकमा शीर्ष नेतालाई मनोनित गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका हुन्।
देउवापक्षका एक नेताका अनुसार रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह,विजय कुमार गच्छदार लगायतलाई मनोनित गर्ने तयारी छ। अघिल्लो कार्यसमितिमा वरिष्ठ नेता रहेका पौडेल १४ औं महाधिवेशनबाट टाँढा बसेका थिए। उनले मतदानमा समेत भाग लिएनन्।
सभापतिमा पराजित भएका निधि र सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका थिए । देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार रहेका गच्छदार पराजित भएका थिए। निर्वाचित पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिले ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने छ।





