Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

ओलीले तेस्रो पटक पनि संसद विघटन गर्न खोजिरहेका छन्ः प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् । राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । अहिले संसदको प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेको उल्लेख गर्दै प्रचण्डले कुनै पनि हालतमा विघटन हुन नदिने बताए ।

उनले भने-‘एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन् । पहिलो पटकको विघटन सडकबाट बदर गर्‍यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्‍यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआएपनि उनलाई मनाउन बालकोट नै जान आफूले देउवालाई भनेको बताए ।

उनले भने – ‘ओली सर्वदलीय बैठकमा आउँदैनन् । बरु प्रधानमन्त्रीलाई तपाई र म बालकोट जाम भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु । मैले एमसीसीका बारेमा सबै पार्टीसँग छलफल हुनुपर्छ भनेर बैठक गर्दा पनि ओली आउँदैनन् । उनी तेस्रो पटक संसद विघटन गराउन चाहान्छन् ।’


प्रतिक्रिया दिनुहोस !
विचार