Logo
११ आश्विन २०८३, आईतवार
|  Sun Sep 27 2026

मध्य भोटेकोशीको शेयर डिम्याट खातामा आयो, आजदेखि कारोबार हुने


मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ शनिवारदेखि शेयरधनीको हितग्राही (डिम्याट) खातामा आइपुगेको छ। कम्पनीको उक्त शेयर दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आउनेछ।

कम्पनीको शेयर गत शुक्रवार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो। कम्पनीको स्टक सिम्बोल एमबीजेसी रहेको छ। कम्पनीको ६ करोड कित्ता आईपीओ सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेको छ। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ। कम्पनीले कुल ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गराएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार