Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

माओवादी महाधिवेशन : उद्घाटन सत्र सर्‍यो, ओलीदेखि विप्लवसम्मलाई निम्तो


नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ । दिउँसो १ बजे उद्घाटन हुने भनिएकोमा २ घण्टा पछि सारिएको हो । शनिवार बसेको स्थायी कमिटीबाट प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको थियो। सो निर्णयलाई अनुमोदन गर्न अहिले माओवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो ।

प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा विप्लव नेकपालगायत दललाई निमन्त्रणा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार