Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

माओवादीको केन्द्रीय कमिटी बैठकले गर्यो यस्तो निर्णय


नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको संख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।

बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।

महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीतसहित प्रतिनिधि एक हजार ६३१ जना रहने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार