Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

प्रधानन्यायाधीशविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरण विभागमा ध्यानाकर्षण पत्र पेस


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा गोविन्द केसी, नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डा लगायतका विवादमा मुछिएपछि उनको बहिर्गमनको प्रमुख माग राख्दै नेपाल बार एशोसिएसनले विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार