सोमबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।
चाँदीको भाउ भने आइतबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।





