Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

एकीकृत समाजवादीका १४ सांसदको मुद्दा पेसीमा


नेकपा एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दा आज पेसीमा चढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोग र सभामुखलाई विपक्षी बनाएको सो मुद्दा सुनुवाइका लागि तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो ।

सर्वोच्चले पटक(पटक लिखित जवाफ पठाउन ताकेता गरेपनि माधव नेपालसहित नेकपा एसका १४ जना सांसदले म्याद बुझ्न नमानेपछि सर्वोच्च प्रशासनले अदालतको अवहेलनामा मुद्दा चलाउन प्रतिवेदन बनाउने चेतावनी दिएको थियो । माधव नेपाल स्वयं र नेपालका वकिल गोविन्द बन्दीलगायतलाई सर्वोच्च प्रशासनले म्याद नबुझेमा अदालतको अवहेलनामा मुद्दा चलाउने चेतावनी तामेलदारले दिएपछि १४ जनाले लिखित जवाफ पेस गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार