प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति तय भएको छ । भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग उनी पुस २५ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । त्यही दिन देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छ।
एकदिन दिल्लीमा बसेर प्रधानमन्त्री देउवा गुजरात ग्लोबल समिटमा भाग लिन भारतीय समकक्षी मोदीको गृह प्रदेश गुजरात पुग्नेछन्। गुजरात ग्लोबल समिट जनवरी १० अर्थात पुस २६ गतेबाट सुरु हुँदैछ।
देउवाले २० देखि २५ जना प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। गठबन्धन सरकारको नेतृत्व गर्दै गत असार २९ गते प्रधानमन्त्री भएका देउवाको यो पहिलो भारत भ्रमण हो।





