काठमाडौंको कमलदाीमा जारी आठौं महाधिवेशनबीच आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ । महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा बैठक बसेको माओवादी पार्टी केन्द्रिय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।
स्थायी समिति बैठकमा विधानमा व्यवस्था गरिएको पदाधिकारी संख्या, त्यसमा विभिन्न क्लस्टरको सहभागिता, राजनीतिक प्रतिवेदन र संशोधित विधानलगायत बन्दसत्रमा उठेका विषय कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार बन्दसत्रमा ४५ पृष्ठको राजनीतिक प्रतिवेदन पढेर सुनाएका थिए। सो प्रतिवेदन अध्ययन गरेर सुझाव दिन २५ समूह बनाइएको छ। जसले त्यसबारे आफ्नो धारणा राख्नेछन्।





