Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारलाई आग्रह : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेका छन्। पृथ्वीनारायण शाहले नै नेपाल र नेपालीको पहिचान दिएकाले उनको सम्मानमा पुस २७ गतेलाई राष्ट्रिय पर्वका मनाउनुपर्ने थापाको माग छ।

थापाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्,-‘हामीलाई नेपाली नाम र पहिचान दिनुभयो। उहाँको योगदान कुनै संस्था र प्रणालीसँग सम्बन्धित छैन। राष्ट्र निर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो। राष्ट्र निर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रूपमा मनाउन तथा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्दछु।’

गणतन्त्रको घोषणासँगै पृथ्वी जयन्तीका दिन दिँदै आएको बिदा काट्ने निर्णय सरकारले गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार