Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि बाबुरामले गरे यस्तो टिप्पणी


जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन ‘काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको’ जस्तो रहेको टिप्पणी गरेका छन्।

पूर्वसहयोद्धाको प्रतिवेदन पढेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो।’

भट्टराईले फेरि एकपटक ‘असली बाजेको पेडा बेच्ने होडबाजी’ चल्ने भन्दै व्यंग्य गरेका छन्। अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने उनको बुझाइ छ। उनले पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार