नेपाली महिला भलिबल टोलीले बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ। बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल २-२ को अवस्थामा पुर्राए । त्यसपछि पाँचौं सेट १५-१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो ।
यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो ।यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो ।








