Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

मेस्सी र रोनाल्डोलाई पछि पार्दै एम्बाप्पेले जिते ‘ग्लोब सकर अवार्ड’


फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे यस संस्करणको ग्लोब सकर अवार्डबाट सम्मानित भएका छन् । एम्बाप्पेले वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिष्टियानो रोनाल्डो गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की र लियोनल मेस्सीलाई पछि पार्दै भोटिङको आधारमा यो अवार्ड हात पारेका हुन् ।

२३ वर्षीय एम्बाप्पेले गत सिजन फ्रेन्च लिग वानमा २७ गोल गरेका थिए । एम्बाप्पेकै उच्च प्रदर्शनमा फ्रान्सले युईएफए नेसन्स लिगको उपाधी समेत जित्‍न सफल भएको थियो । संयुक्त अरब इमिरेट्सस्थित अल वाल्स प्लाजामा सम्पन्न भएको बाह्रौं संस्करणको यो अवार्ड समारोहमा एम्बाप्पेलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी जर्मन क्लब वार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले टिकटक फ्रेन्ड्स अवार्ड र म्याराडोना अवार्ड जित्‍न सफल भएका छन् । पोर्चुगिज फरवार्ड तथा म्यानचेष्टर युनाइटेडका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले सर्वाधिक गोलकर्ता अलटाइम अवार्ड हात पारेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार