Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आज पनि छलफल, आजै निष्कर्ष सुनाइने


नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल भइरहेको छ । आज दिउँसो १२ बजेसम्म प्रतिवेदनमाथि छलफल हुने गरी समय थप गरिएको छ ।

प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । धेरैजसो समूहले हिजो नै छलफल सकाएका छन् ।

बाँकी रहेका समूहले आज दिउँसो १२ बजेसम्म छलफल गर्ने छन् । छलफलबाट आएका सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरुले आज १२ बजेपछि महाधिवेशन भइरहेको ठाउँ प्रज्ञा भवनमा निष्कर्ष सुनाउने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए । छलफलको निष्कर्ष सुनाउन हरेक समन्वयकर्ताले १५ मिनेटको समय पाउने छन् । दिउँसो १ बजेदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार