Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको छः राजेन्द्र लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । अध्यक्ष लिङदेनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए ।

स्वर्गीय राजा विरेन्द्रको स्मृतिमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे । अध्यक्ष लिङदेनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे ।

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढि देशभक्त हुन्छन भन्ने कुरालाई राजा विरेन्द्रले प्रमाणित गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार