Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

शेयर बजारमा झिनो अंकको वृद्धि


शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ ।आज व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ ।

यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज मध्य भोटेकोशी जलविद्युत कम्पनी र नेपाल बंगलादेश बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार