Oplus_131072
काठमाडौँ । प्राविधिक समस्या समाधान नभएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।
उक्त समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न निवेदन दिएको थियो । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१०) अनुसार आजको नियमित कारोबार स्थगित गरेको हो ।
हिजो भने आइतबार बिदाको दिन भएका कारण बजार बन्दै थियो । यद्यपि, हिजैदेखि यो समस्या आएको हो ।








