काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीधर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै नेपालमा उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, दुई देशबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे पनि विचार आदानप्रदान भएको थियो ।








