नेपाल नागरिक अभियानले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । अभियानका राष्ट्रिय संयोजक डा. ठाकुरमोहन श्रेष्ठको नेतृत्वमा पार्टी कार्यालय धुम्बाराहीमा गएको टोलीले बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै नागरिक अभियानका राष्ट्रिय संयोजक डा.श्रेष्ठले राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा बोकेर आफूहरु निरन्तर सडकमा रहेकाले राप्रपालाई पनि सडकमा आउँन आग्रह गरे । सदनबाट राजसंस्था पुनस्र्थापना हुने सम्भावना नरहेको भन्दै उनले सडक आन्दोलनमा आउनुपर्नेमा जोड दिए ।
बधाई ग्रहण गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा रहेका जो कोहीसँग राप्रपाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।





