Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रधानमन्त्री देउवाले गरे गोविन्द केसीका माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता


प्रधानमन्त्री शेरबहादुर देउवालाई डा गोविन्द केसीले भेटेका छन्। आज डा केसीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा देउवालाई भेटेका हुन्। भेटमा शिक्षा र स्वास्थ्य, बिपी प्रतिष्ठान, चोलेन्द्र प्रकरण र निर्मला कुर्मी न्यायको लागि आन्दोलनरत अधिकारकर्मीको मागका विषयमा छलफल भएको प्रेस संयोजक प्रितम सुवेदीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री देउवाले सात बुँदे मागलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न भएको प्राविधिक जटिलतालाई एक दुई दिनमै सल्ट्याउन निर्देशन दिने, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महा अभियोगका लागि सत्ता गठबन्धनमा छलफल गर्ने लगायतका विषयमा प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएको संयोजक सुवेदीले बताए।

त्यस्तै निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानको लागि ‍केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिने, आन्दोलनकारीसँग संवाद गरी सहमति गर्न तथा घर फर्किने वातावरण बनाउन गृह मन्त्रीलाई निर्देशन दिने समेत प्रतिबद्धता जनाएको जारी एक विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार