Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

भिजिविलिटी कम भएपछि त्रिभुवन विमानस्थलबाट हुने सबै उडान बन्द


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको छ । विमानस्थल टर्मिनल कार्यालयले बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर उडान बन्द भएको जानकारी दियो ।

चिसो बढेसँगै विगत केही दिन यता हवाई उडान प्रभावित भएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर हुस्सुका कारण यति भिजिबिलिटी नभएको विमानस्थलले जनाएको छ ।

भिजिबिलिटी नहुँदा कुवेतबाट काठमाडौं आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा घुमिरहेका छन् । हुस्सु हटेलगत्तै विमानस्थलबाट उडान र अवतरण नियमित हुने विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार