Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच आज पार्टी एकता हुँदै


नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद्, नेपालबीच आज पार्टी एकता हुँदै छ। दिउँसो साढे १२ बजे नयाँबानेश्वरस्थित होटल अर्यालमा पार्टी एकता घोषणा कार्यक्रम गरिने भएको नेताहरूले बताएका छन्।

यसअघि यही पुस १३ गते मात्र एकीकृत समाजवादीसँग नेकपा (जनवादी)ले एकता गरेको थियो।

पछिल्लो समय एकीकृत समाजवादीले पार्टी एकताका कामलाई तीब्रता दिएको छ । निर्वाचनमा एमालेबाहेकका शक्तिसँग कार्यगत एकता गर्ने बताइरहेको समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको विषय भने अस्विकार गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार