Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ। अध्यक्ष लिङ्देन र राणा शुक्रबार बिहानै मिश्रको निवास पुगेर पार्टी एकताबारे कुराकानी गरेका हुन्।

सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डाराणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताए ।

उनले राप्रपामा थुप्रै वरिष्ठ नेताहरू रहेका कारण मिश्रलाई सम्मानजनक तरिकाले कसरी समेट्ने सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार