Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित, निर्वाचनपछि विशेष महाधिवेशन गरिने


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि अध्यक्ष प्रचण्डले आज शुक्रवार जवाफ दिएपछि प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । जवाफ दिने क्रममा प्रचण्डले प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदनलाई व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

राम कार्कीको पूरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने प्रचण्डले जवाफ दिएनन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो । जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग एमसीसीका बारेमा प्रतिवेदनमा जे छ त्यही रूपमा बुझ्न आग्रह गरे ।

प्रचण्डले विचारलाई केन्द्रमा राखेर निर्वाचनपछि विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । गएको आइतवार सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीयय कार्यसमिति चयन गर्नेछ । प्रवक्ता कृष्णबहादुर महराले सर्वसहमतिबाटै नेतृत्व चयन हुने दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार