Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

गुट होइन, पार्टी बलियो बनाउनतर्फ लागौंः रामचन्द्र पौडेल


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली काँग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले काँग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताएका हुन्।

देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राखे। ‘गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौं,’ उनले भने। १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नभएपछि आफू उम्मेदवार नबनेको बताउँदै पौडेलले तटस्थ भूमिकामा बसेको बताए।

वरिष्ठ नेता पौडेलले बीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिए। ‘बीपीको विचार र सिद्धान्त काँग्रेसले भुल्दै गएको छ, बीपीको विचारलाई अनुसरण गर्न सक्नुपर्छ,’ पौडेलले भने। काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताउँदै विगतका कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !
विचार