Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

सहमतिमै नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी, महाधिवेशन आजै सम्पन्न गरिने


नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा आज नयाँ नेतृत्व चयन गर्ने तयारी छ । ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने र त्यसपछि सहमतिमै नेतृत्व चयन गर्ने कार्यसूचि रहेको छ ।

हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको थिएन । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले प्रचण्ड नै अध्यक्षमा दोहोरिने पक्कापक्की छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ । सहमतिमै नेतृत्व चयन हुने भएकोले आजै महाधिवेशनको मैझारो गर्ने माओवादीको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार