Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एकीकृत समाजवादीमा पूर्वसांसद रायमाझीको इन्ट्री , ओलीको अधिनायकवादी सोचबाट वाक्क भएर एकीकृत रोजेको भनाइ


नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद यादव बहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमालेमा रहदा अध्यक्ष ओलीको कम्युनिष्ट आचरण विपरीतको सोच बाट दिक्क भएर आफू एकीकुतमा आएको उनले बताए ।
शनिबार पत्रकार सम्मेलन गरी रायमाझी एमाले बाट एकीकृत समाजवादी पाटीमा प्रवेश गरेका हुन् । विगतदेखि नै पार्टीमा चरम विकृति र बिसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरेपनि असफल भएको रायमाझीले बताए । अबको आउदो दिनमा एकीकृत समाजवादीले दिने सम्पूर्ण जिम्मेवारी इमान्दारिपूर्वक निभाउने उनको भनाई छ ।
रायमाझीले पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष चलाएका थिए तर पछिल्लो समयमा तत्कालीन नेकपामा विवाद हुंदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । एमाले विभाजनपछि भने उनी एमालेमै रहे पनि अहिले समाजवादीमा प्रवेश गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार