Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

माओवादी केन्द्रमा जुटेन सहमति, आज दिउँसो २ बजेपछि चुनावी प्रक्रियामा जाने तयारी


सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले हिजो आठौँ महाधिवेशनको बन्द सत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको थियो । तर सहमतिको कुनै सम्भावना नदेखिएपछि आज दिउँसोबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।

निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ । संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ ।

माओवादीको निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ । हिजो दिउँसो १ बजे सुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘केन्द्रीय कमिटी सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने’ भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्ने प्रस्ताव गरेका थिए।

आयोजक कमिटीले हिजो बेलुका साढे ६ बजेसम्म प्रयास गर्दा पनि सहमति नजुटेपछि पौने ७ बजे सुरु भएको बन्द सत्र आज दिउँसो १ बजेसम्म गृहकार्य गर्ने भन्दै पुनः स्थगित गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार