कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। देउवाले सोमबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका हुन्।कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए।
बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयनलगायत विषयमा निर्णय गर्ने बताइएको छ। १४ औं महाधिवेशनपछि सोमबार दोस्रो बैठक बस्न लागेको हो।





