Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष काँग्रेसमा प्रवेश


अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेस प्रवेश गरेकी छन्। एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रवेश गरेकी हुन्।

उनलाई नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका छन्। कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेको अर्घाखाँची कांग्रेसले जनाएको छ।

पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायत कार्यक्रममा सहभागी रहेको काँग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले जानकारी दिए ।​


प्रतिक्रिया दिनुहोस !
विचार