Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

रेशम चौधरीले खोले नयाँ दल, के राखे पार्टीको नाम ?


टिकापुर घटनाका दोषी निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ पार्टी दर्ता गराएका छन्। डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरीले सोमबार निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि चौधरी झाँकी र र्‍यालीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका हुन्। चौधरी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीका तर्फबाट सांसदमा निर्वाचित भएका थिए । टिकापुर घटनामा दोषी ठहर भएका उनले मधेशवादी दलले आफ्नो मुद्दाको सम्बोधन नगरेको भन्दै नयाँ पार्टी खोलेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार